Hamro Patra
एक फरार प्रतिवादी पक्राउ
Shuvakamana C
Shuvakamana B

टीकापुर, असोज ३०
कञ्चनपुरबाट धनगढीका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८० असोज २२ गतेको फैसलाले लागुऔषध सम्बन्धी मुद्दामा ११ महिना कैद सजाय तोकिएपछि फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ३ चटकपुरका २३ वर्षीय अभिषेक रानालाई प्रहरीले पक्राउ गरेको हो । 

रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update