
टीकापुर, कात्तिक २
टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त र रजिस्ट्रार प्रा.डा. विनोद लेखकले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई भेट गरी यस्तो माग राखेका हुन ।
उनीहरुले विगत लामो समयदेखि क्याम्पसको अतिक्रमित ३०० बिगाहा जग्गाको विषयमा ध्यानाकर्षण गराएका छन ।
उनीहरूले मन्त्री पुनलाइ भेटी सो जग्गाको स्थायी समाधानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी तत्काल पहल गर्न आधिकारिक रुपमा अनुरोध गरेका हुन् ।
सो अवसरमा मन्त्री पुनले विश्वविद्यालयका प्रतिनिधिहरूको मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै उक्त विषयमा आवश्यक प्रक्रिया तत्काल अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको उपकुलपति प्रा.डा. पन्तले जानकारी दिएका छन ।