Hamro Patra
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु: १२ घाइते

टीकापुर, कात्तिक
कैलालीको लम्कीचुहामा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान जानुका साथै १२ जना घाईते भएका छन ।  

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार ज्यान जानेमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निमुवाबोझीका ६४ वर्षका दानबहादुर साउँद, ३५ वर्षका हर्क साउँद र १६ वर्षका शितल साउँद रहेका  छन । सो दुर्घटनामा १२ जना मलामी घाईते भएका  छन ।

Shuvakamana C
Shuvakamana B

उनीहरु सबैको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भैरहेको प्रहरी निरिक्षक लोकेन्द्रबहादुर सिँहले जानकारी दिएका छन ।

उनका अनुसार सुपप्र ०१–००२ त ४९९१ नम्बरको ट्रयाक्टर आज दिउसो १ बजे लम्कीचुहा नगरपालिका वडा नम्बर ३ स्थित धोबेनी खोला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त ट्रयाक्टर पूर्वपश्चिम राजमार्गबाट तल खसेको छ । दुर्घटना पश्चात ट्रयाक्टर चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निमुवाबोझीका देवबहादुर बोहरा फरार भएका छन । प्रहरीले चालक बोहराको खोजी भैरहेको जानकारी दिएको छ ।

उनीहरु स्थानीय ७४ वर्षका हर्क बोहराको अन्तिम दाहसंस्कारका लागि लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीस्थित कर्णाली नदी किनार गैरहेका बेला दुर्घटनामा परेका हुन ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update