चिसापानीबाट खैरो हेरोइनसहित युवक पक्राउ
टीकापुर, कार्तिक ९
कैलालीको पर्यटकीय क्षेत्र चिसापानीबाट एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ७ पितमारीको पिकनिक स्थलबाट लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानीका २६ वर्षीय गोविन्द बिष्ट शनिवार खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।
बिष्टलाई ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२ ११:५३
प्रतिक्रिया दिनुहोस्





