कैलालीमा नयाँ घुमुवा टोली, इञ्चार्जमा चन्द
धनगढी, कार्तिक ११
जिल्ला प्रहरी कार्यालय कैलालीले नयाँ घुमुवा टोली बनाएको छ । यस अगाडिको टोलीलाई विघटन गरिएकोमा नयाँ सादा पोसाकमा खटिने घुमुवा टोली बनाइएको हो ।
सुरक्षा स्रोतका अनुसार वरिष्ठ सई लोकेन्द्र चन्द ठकुरीलाई इञ्चार्जको जिम्मेवारी दिएर नयाँ टोली बनाइएको हो । हाललाई ४ सदस्यीय टोली बनाइएकोमा टोलीले काम कारबाही समेत थालिसकेको जनाइएको छ ।
प्रहरी प्रधान कार्यालयले बेला बखत घुमुवा नराख्न भने पनि प्रहरी कार्यालयहरुले अपराध अनुसन्धान र सूचना संकलनका लागि भन्दै घुमुवा टोली राख्दै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२ १५:३२
प्रतिक्रिया दिनुहोस्




