Hamro Patra
मेरी वर्गिसको सम्झनामा शोक विदा

टीकापुर, कात्तिक १३

टीकापुरस्थित खड्ग मेमोरियल सेकेण्डरी स्कुलले गुरुआमा मेरी वर्गीसको दुःखन निधनमा शोक विदा दिने भएको छ । स्कुलले कात्तिक १४ गतेका दिन शोक विदा दिने प्रधानाध्यापक हिरण्ड शर्माले जानकारी दिएका छन । 

गुरुआमा वर्गीसको दुःखद निधन प्रति स्कुलले आज शोक सभा समेत गरेको छ । शोक सभामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सो शोक सभामा शिक्षक राजेन्द्र चौधरीले गुरुआमा वर्गीसको व्यक्तित्वको बारेमा प्रकाश पारेका थिए । 

स्वर्गीय वर्गीसले आफ्नो जीवनका ३० वर्ष टीकापुरको शैक्षिक विकासमा खर्चिएकी थिईन ।

IMG-20251030-WA0002-1761813632.jpg
 

उनले टीकापुरस्थित बिरेन्द्र विद्या मन्दिर मावि र खड्ग मेमोरियल सेकेण्डरी स्कुलमा अध्यापन गराएकी थिईन । उनी २०४४ देखी २०५९ सम्म खड्ग मेमोरियल स्कुलको सहायक प्रधानाध्यापक रहेकी थिईन ।

सन १९३३ अप्रिल २२ तारिखमा जन्मिएकी वर्गीसको २०२५ अक्टोवर १५ तारिखमा भारतको दिल्लीमा निधन भएको थियो । उनी टीकापुरमा शिक्षाको जग बसाउने थोमस वर्गीसकी धर्मपत्नी हुन । 

सोही समयमा स्कुलले बिरेन्द्र विद्या मन्दिर माविका निवर्तमान प्रधानाध्यापक स्वर्गीय फणेन्द्रराज रेग्मी प्रति समेत श्रद्धाञ्जली व्यक्त गरिएको थियो । 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update