Hamro Patra
नगदसहित ७ जना जुवाडे पक्राउ

टीकापुर, कार्तिक १५
कैलालीको पर्यटकीय क्षेत्र पितमारीबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ७ पितमारी स्थित ग्रिन सिटी होटलबाट दैलेख जिल्लाको ठाँटीकाध गाउँपालिका वडा नं. १ का होटल सञ्चालक ३० वर्षीय लोकेन्द्रबहादुर शाही सहित सात जना पक्राउ परेका हुन् । 

उक्त होटल भित्र खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक शाहीसहित ७ जना पक्राउ परेका हुन् ।

शाहीसहित सातै जनालाई नगद १ लाख ७७ हजार १ शय पैंतालीस र १२ गड्डी ताससहित इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update