Hamro Patra
राष्ट्रिय उपाध्यक्षमा बिष्टको उम्मेदवारी दर्ता, सुदूरपश्चिमबाट एक्लो उम्मेदवार

टीकापुर, कात्तिक १९
टीकापुर जेसीजका निवर्तमान अध्यक्ष रुपकबहादुर बिष्टले नेपाल जेसीज वर्ष २०२६ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन । उनी सुदूरपश्चिमबाट उम्मेदवारी दर्ता गर्ने एक्लो उम्मेदवार हुन । 

टीकापुर जेसीज वर्ष २०२४ को कुशलतापूर्वक जिम्मेवारी बहन गरिसकेका बिष्टले राष्ट्रिय उपाध्यक्ष मार्फत देशभरका युवाहरुसँग मिलेर रचनात्मक काम गर्ने उद्देश्यले उम्मेदवारी दर्ता गरेको बताएका छन । 

नेपाल जेसीजको ५२ औ राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२६ को लागि नयाँ नेतृत्व चयन हुनेछ । ५२ औं राष्ट्रिय महाधिवेशन पुष ४ देखी ६ गतेसम्म मधेश प्रदेशको राजधानी जनकपुरमा हुने तय भएको छ । जनकपुर जेसीजको आतिथ्यतामा हुने ५२ औं राष्ट्रिय महाधिवेशनको तयारी तिब्र गतिमा भैरहेको छ । देशभरका १८ देखी ४० वर्ष उमेर समूहका युवाहरुको सहभागीता रहने जेसीजको नेतृत्व हरेक वर्ष चयन हुने गर्छ ।

टीकापुरका युवा व्यवशायी बिष्ट भदौ २१ गते भएको टीकापुर उद्योग वाणिज्य संघको निर्वाचनबाट सदस्य पदमा अत्याधिक मतका साथ विजयी भएका छन । उनी टीकापुरस्थित एल एन बुक्सका सञ्चालक हुन । 

यसैगरी आगामी नेतृत्वका लागि अन्य व्यक्तिहरुले समेत विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका छन । राष्ट्रिय अध्यक्षका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गर्नेमा रश्मी शिल्पकार, गणेश सापकोटा, विजय गुरुङ, जीवन कार्की, राजाराम गौतम, भीम कुँवर र सुनिल तिमिल्सिना रहेका छन । 

त्यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा समेत ७ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवार दर्ता गर्नेमा विकेशलाल श्रेष्ठ, अभिषेक दुलाल, सुमित्रा भट्टराई, नवराज उपाध्याय, दिपकजंग अधिकारी, स्वप्ना पौडेल भण्डारी र योगेश राजवंशी रहेका छन । 

राष्ट्रिय उपाध्यक्षमा भने १६ जनाको उम्मेदवारी दर्ता भएको छ । सुरेन्द्र श्रेष्ठ, खगेन्द्र भण्डारी, विदुर थापा, सन्दिप भुसाल, आरोग्य श्रेष्ठ, दिपेश बराइली, मेनुका वली लोहनी, रमेश भुर्तेल, अमन महर्जनले उम्मेदवारी दर्ता गरेका छन । त्यस्तै अनिष भट्टराई, एन्जिला खड्का, रुपकबहादुर बिष्ट, सुरज पौडेल, सुजिना डंगोल, जितेन्द्र रौनियार र नविन श्रेष्ठले समेत उम्मेदवारी दर्ता गरेका छन । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update