जेसीबीको अवैध पाटपुर्जा बरामद
टीकापुर, कार्तिक २४
कैलालीको टीकापुरबाट जेसीबीको अवैध पाटपुर्जा बरामद गरिएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ साथी अस्पताल नजिकबाट अवैध रुपमा भन्सार छली भारतबाट ल्याउँदै गरेको १ लाख २५ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले जेसीबीको पाटपुर्जा लगायतका सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ ०८:४७
प्रतिक्रिया दिनुहोस्



