Hamro Patra
५२ तोला सुनसहित चार नेपाली पक्राउ

टीकापुर, कार्तिक २५
भारतीय सीमावर्ती गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक किलो चाँदीसहित चार नेपाली पक्राउ परेका छन् । ६१६.९ ग्राम (५२.९० तोला) सुन र ७८०.८ ग्राम चाँदीसहिच चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २५ वर्षीय दीपक नरसिंह, ३७ वर्षीय भुवनसिंह चलाउने, ४७ वर्षीय जीवनकुमार थारु र ५६ वर्षीय खेमराज कुलपति देवकोटा रहेको भारतीय प्रहरीले जनाएको छ । उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन ।

भारतको क्राइम ब्राञ्च महाराष्टबाट खटिएको प्रहरीको टोली बिओपी गौरीफन्टा चेक पोष्टबाट खटिएको टोलीको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले महाराष्ट्रबाट सुन र चाँदी चोरी गरेर ल्याएको आरोप छ । चारै जनालाई थप अनुसन्धानका लागि क्राइम ब्राञ्च र गौरीफन्टा प्रहरीले खिरी जिल्लामा चलान गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update