टीकापुर, कात्तिक ३०
टीकापुर उद्योग वाणिज्य संघले कार्य समितिलाई पूर्णता दिनुका साथै सल्लाहकार समिति समेत गठन गरेको छ । संघको बैठकले मनोनित सदस्य चयन गर्दै कार्य समितिलाई पूर्णता दिएको हो ।
बैठकले संघको विधानको परिच्छेद ५ को दफा ८ को उपदफा ८.१ अनुसार कृष्णप्रसाद उपाध्यायलाई सदस्य पदमा मनोनित गरेको छ ।
विधानमा कार्य समितिको सरसल्लाह अनुसार एकजना व्यवशायीलाई अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ ।
त्यस्तै बैठकले विधानको परिच्छेद ५ को दफा ९ को उपदफा ९.१ (ड) अनुसार सल्लाहकार संयोजकमा व्यवशायी तपेन्द्र स्वाँरलाई चयन गरेको छ । उनी संघको पूर्वमहासचिव समेत हुन ।
बैठकले विधानको परिच्छेद ५ को दफा ९ को उपदफा ९.१ (ड) अनुसार नै थप १० जनालाई सल्लाहकार समितिको सदस्यमा चयन गरेको छ । यसरी सल्लाहकार समितिको सदस्यमा गोपाल चौधरी, शिवदत्त उप्रेती, नवराज रिमाल, लोकेश साउँद, पृथ्वीराज ढुंगाना रहेको छ ।
त्यसैगरी अन्य सल्लाहकार सदस्यहरुमा बिरमञ्जन बटाला, यमबहादुर बम, इन्दिरा ज्ञवाली, नविन खनाल र विनोद शर्मा चयन भएको महासचिव प्रकाश तिमिल्सेनाले जानकारी दिए ।




