Hamro Patra
खैरो हेरोइनसहित तीन जना पक्राउ

टीकापुर, मंसिर ५
कैलालीको धनगढी र टीकापुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला चेकपोष्ट नजिक सडक खण्डबाट टीकापुर नगरपालिका वडा नं. १ ब्लक नम्बर १७ बस्ने २३ वर्षीय खगेन्द्र साउँद र टीकापुर नगरपालिका वडा नं. ५ नुक्लीपुर बस्ने २६ वर्षीय दिपक बिष्टलाई ५६० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको  छ ।

बिहीवार पक्राउ परेका यी तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरी जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ८ नालापानी नजिकबाट सोही ठाउँको भद्र टोल बस्ने ४५ वर्षीय सुरज चौधरीलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ४० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट मनेहरा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update