Hamro Patra
होटल प्याराडाइज सञ्चालनमा

टीकापुर, मंसिर ९
लामो समयदेखी कन्सल्टेन्सी सञ्चालन गर्दै आएका युवाहरुले होटल व्यवशाय थालेका छन । युवाहरु गणेश शाह र बिरेन्द्र साउँदले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ न्यूरोडमा होटल ग्रेट प्याराडाइज सञ्चालनमा ल्याएका छन । 

होटलको एक समारोहकाबिच नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले उद्घाटन गरेका छन । 

होटलमा १४ वटा सुविधा सम्पन्न कोठा र हल रहेको छ । त्यस्तै होटलले रेस्टुरेन्ट समेत सञ्चालन गरेको छ । मध्यम स्तरका ग्राहकका लागि होटल उपयुक्त रहेको छ । सञ्चालक शाहले घरायसी वातावरणमा होटलले सेवा प्रदान गर्ने बताए । उनले ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । 

युवाहरुले कैलालीको टीकापुर र लम्कीका साथै नेपालगञ्जमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन । उनीहरुले जापानिज भाषाको कक्षा लगायत सञ्चालन गर्दै आएका छन । यसका साथै उनीहरु विभिन्न सामाजिक कार्यमा समेत संलग्न छन ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update