टीकापुर, मंसिर ११
टीकापुर सामुदायिक सेवा केन्द्रको अध्यक्षमा ताराप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
आज सम्पन्न भएको मतदानमा अधिकारी ३ शय मतसहित निर्वाचित भएका हुन् । प्रतिस्पर्धी कल्पेश कुँवरले १ शय ९८ मत प्राप्त गरेका छन्। कुल ७ शय ६१ मतदाता रहेकोमा ५ शय ३ मत खसेको थियो । निर्वाचन समितिका अनुसार पाँच मत बदर भएको छ ।
अध्यक्षमा निर्वाचित अधिकारी वर्तमान कार्य समितिको उपाध्यक्ष र कँुवर सदस्य हुन् ।
केन्द्रको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा भने सबैजनाको एकल उम्मेदवारी परेको छ । उनीहरु सबैजना निर्विरोध निर्वाचित भएका छन ।
निर्वाचित हुनेमा उपाध्यक्षतर्फ ज्ञानेन्द्रबहादुर शाह, सचिवतर्फ नेत्रबहादुर बोहरा, सहसचिवतर्फ मुक्तिलाल आचार्य र कोषाध्यक्षतर्फ आशा भण्डारी रहेका छन ।
त्यस्तै सदस्यमा लक्ष्मण चौधरी, निरञ्जन रावल, लक्ष्मी चलाउने र चक्रबहादुर ठकुल्ला निर्विरोध निर्वाचित भएका थिए ।





