Hamro Patra
खैरो हेरोइनसहित तीनजना पक्राउ

टीकापुर, मंसिर २४
कैलालीको सुदूरपूर्वी क्षेत्र टीकापुरबाट खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला चेकपोष्ट नजिकबाट टीकापुर नगरपालिका वडा नं. ८ कर्मीडाडाका ३१ वर्षीय प्रविण साउँद र २६ वर्षीय धनबहादुर चौधरी पक्राउ परेका हुन् । 

उनीहरुको साथबाट ८ शय ६० मिलिग्राम खैरो हेरोइनसहित प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी टीकापुर नगरपालिका वडा नं. ९ बालुवाटार चोकस्थित सडक खण्डबाट सोही ठाउँका २८ वर्षीय कृष्णबहादुर साउँदलाई ४ ग्राम ५० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका तीनजना उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update