टीकापुर, मंसिर २६
कैलालीमा गाँजा र खैरो हेरोईनसहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानी स्थित १ नम्बर पुलबाट नयाँबस्ती जाने सडक किनारमा सोही ठाउँका ५५ वर्षीय रति कठायतलाई गाँजासहित पपक्राउ गरेको छ ।
कठायतले सञ्चालन गरेको खोका पसलमा चेकजाँच गर्दा उक्त खोका भित्र र्याकमा स्टिल र प्लाष्टिकको डिब्बा भित्र लुकाई राखेको अवस्थामा १ किलोग्राम १६० ग्राम गाँजा फेला पारी उक्त गाँजासहित उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
यसैगरी लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानीस्थित लियाक्सन होटल अगाडी सडकमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा गोदावरी नगरपालिका वडा नं. ३ चौकीडाँडाका २३ वर्षीय सागर विकलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।
विकलाई चेकजाँच गर्दा उनको साथबाट ४० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो । चिसापानीकै स्थानीय दिपाकुमारी बिष्टले सञ्चालन गरेको लियाक्सन होटलबाट समेत शय मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको हो ।
उक्त होटलमा इटा मुनी लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध खैरो हेरोइन फेला पारेको हो । होटल सञ्चालिका भने फरार रहेको प्रहरीले जनाएको छ ।




