Hamro Patra
कुखुरापालक किसानलाई सक्षम बनाउन तालिम सञ्चालन गर्दै डल्फिन ग्रुप

टीकापुर, मंसिर २५
पश्चिम नेपालको औद्योगिक समूह डल्फिन ग्रुपले कैलालीको टीकापुरमा व्यावसायिक कुखुरापालन सम्बन्धी तालिम सञ्चालन गरेको  छ । 

जाडोयाममा कुखुरा पालनलाई व्यवस्थित र नाफामूलक बनाउने उद्देश्यले ग्रुपले टीकापुरका ५० जना किसानलाई व्यावसायिक कुखुरा पालन सम्बन्धी तालिम दिएको हो । 

जाडो मौसममा ब्रोइलर कुखुरामा विभिन्न खालका समस्याहरु देखा पर्दा किसानहरुलाई कुखुरा हुर्काउन, हेरचाह गर्न, रोगबाट जोगाउने तरिकाहरु बारे ग्रुपमा कार्यरत पशु चिकित्सक डाक्टर होमराज गिरीले प्रशिक्षण दिएको डल्फिन फिड प्रा.लि.का मार्केटिङ म्यानेजर लोकेन्द्र ओझाले बताए ।  

‘किसानको उत्पादनलाई व्यावसायिक र उत्पादनमूलक बनाउने उद्देश्यले गु्रपले विभिन्न जिल्लाका १८ वटा स्थानमा कुखुरा पालन सम्बन्धी तालिम सञ्चालन गरेको गरिसकेको छ’ म्यानेजर ओझाले भने ‘किसानको उत्पादन क्षमता अभिवृद्धि गर्ने र कुखुरामा आत्मनिर्भर बनाउने कम्पनीको उद्देश्य हो ।’

नेपाललाई फिड उद्योगमा आत्मनिर्भर बनाउने लक्ष्यसहित डल्फिन ग्रुपले विभिन्न जिल्लाहरुमा व्यावसायिक कुखुरा पालन सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ । तालिमले कुखुरा पालनमा थप सहजता भएको कुखुरा किसानहरुले बताएका छन् । 

बाँकेमा पलेट दानाको मुख्य उत्पादन प्लान्टसहित गु्रपले चामल, पिठो, मैदा लगायतका दर्जनौं खाद्य पदार्थ उत्पादन र बिक्री वितरण गर्दै आएको कम्पनीका निर्देशक कलम थापाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update