Hamro Patra
करेन्ट लागेर एक युवकको मृत्यु

टीकापुर, पौष  

कैलालीको जानकी गाउँ पालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको जानकी गाउँपालिका वडा नम्बर २ प्रगतीनगरका २९ वर्षीय श्यामलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।  

जानकी गाउँपालिका वडा नम्बर २ मा रहेको रोरा नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि टीकापुर अस्पताल टीकापुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update