सेफ्टी ट्यांकीमा खसेर एकको मृत्यु
टीकापुर, पौष ८
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा हिजो खाल्डोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हसनपुरका ४५ वर्षीय दीपेन्द्र जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन ।
उनका अनुसार घरको पर्खाल बनाउन जग खनिरहेको बेला त्यहीँ जोडिएको पुरानो सेफ्टी ट्याङ्कीको खाल्डोमा पर्न गई ढिस्कोले पुरिँदा जोशीको मृत्यु भएको हो ।
अचानक ढिस्कोले पुरिएर घाइते भएका जोशीलाई तुरुन्तै उद्धार गरी अस्पताल पुर्याइएकोमा जोशीको अस्पतालमै मृत्यु भएको सिंहले बताए ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२ ०८:३५
प्रतिक्रिया दिनुहोस्




