Hamro Patra
टीकापुर जेसिजको अध्यक्षमा सुवेदी

टीकापुर, पौष १४ 
कैलालीको टीकापुरस्थित सामाजिक संस्था टीकापुर जेसीज वर्ष २०२६ का लागि अध्यक्षमा कमलराज सुवेदी निर्वाचित भएका छन् । 

निर्वाचन समितिका सदस्य एवं टीकापुर जेसिजका मानार्थ सदस्य पृथ्वीराज ढुंगानाले दिएको जानकारी अनुसार अध्यक्षमा सुवेदी २६ मत प्राप्त गरी विजयी भएका हुन् । 

वर्ष २०२५ का कानुनी सल्लाहकार रहेका सुवेदी र कार्यकारी उपाध्यक्ष पदमबहादुर शाहीबिच अध्यक्ष पदका लागि मतदान भएको थियो । कुल ४१ मत मध्ये ३८ मत खसेकोमा शाहीले १२ मत प्राप्त गरेका हुन् । 

एक वर्षे कार्यकालका लागि चयन हुने जेसिजको कार्यकारी उपाध्यक्षमा तारासिंह बम र झलनाथ खनाल सर्वसम्मत चयन भएका छन् । 

त्यस्तै समितिको उपाध्यक्षहरुमा नविन अधिकारी, महेश उपाध्याय रिमाल, अभिशेक शाह, शिवराम चौलागाईं सर्वसम्मत चयन भएको ढुंगानाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update