Hamro Patra
टीकापुरमा आउटडोर च्यालेञ्ज प्रतियोगिता हुने

टीकापुर, पौष १४
कैलालीको टीकापुरमा आउटडोर च्यालेञ्ज प्रतियोगिता हुने भएको छ । टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. २१ मा रहेको प्रतिष्ठित फिट लाइफ जिमको आयोजनामा पौष १९ गते शनिबार आउटडोर च्यालेञ्ज हुने भएको हो । 

शारीरिक व्यायमलाई प्रोत्साहन गर्नका लागि जिममा आबद्धता भएका र नभएका सबै प्रतियोगीलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा ४० वर्ष मुनि र माथिका पुरुष तथा महिलाबीच अलग–अलग प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका महिला सहभागीले डम्बेल क्लिन प्रेस, बुरपीस, स्याण्ड ब्याग सिटेड स्क्वाट, टायर फ्‌लपिङ र २ शय मिटर दौड पूरा गर्नुपर्नेछ । त्यस्तै पुरुष सहभागीले डम्बेल क्लिन प्रेस, बुरपीस, स्याण्ड ब्याग सिटेड स्क्वाट, टायर फ्‌लपिङ र ३ शय मिटर दौड पूरा गर्नुपर्नेछ । 

‘पाँच वटै वर्कआउटमा जसले कम समयमा च्यालेञ्ज पूरा गर्न सक्छ, त्यही प्रतियोगी विजयी हुनेछ’ जिमका मुख्य प्रशिक्षक डेनियल थापाले भने ‘शारीरिक ब्यायमसम्बन्धी सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।’ 

जिमका प्रशिक्षक थापाले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम पुरस्कार ३ हजार १ शय, द्वितीय पुरस्कार १ हजार ५ शय र सान्त्वना पुरस्कार उपलब्ध गराइनेछ ।

प्रतियोगिताका प्रथम, द्वितीय सान्त्वनालाई जिमको एक महिनाको मेम्बरसीप तथा जिम सम्बन्धी थप सामग्रीहरु उपलब्ध गराइने प्रशिक्षक थापाले जानकारी दिए । थापाका अनुसार सहभागीले पौष १७ गतेभित्र नाम दर्ता गराई सक्नुपर्ने छ ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update