टीकापुर, पौष १४
टीकापुर नगरपालिका वडा नं. ४ बाघमारास्थित जनप्रकाश आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।आज सम्पन्न भएको अभिभावक भेलाले आशाराम थारुको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । थारु विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दोहोरिएका हुन् ।
समितिका सदस्यहरुमा अमृता चौधरी, बासुदेव चौधरी, उजेन चौधरी, जमुना चौधरी, रेणु चौधरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै विद्यालय व्यवस्थापन समितिको सदस्यमा वडा नम्बर ४ का वडाध्यक्ष लालबिर चौधरी, शिक्षक प्रतिनिधि हरिकृष्ण चौधरी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रघुनाथ उपाध्याय रहेका छन् ।
भेलाले ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । यसअघि भएको अभिभावक भेला कार्यक्रमको अध्यक्षता निवर्तमान शिक्षक अभिभावक संघका अध्यक्ष भदैया डगौरा थारुले गरेका थिए ।
कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थी, वडाध्यक्ष लालवीर चौधरी, टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य रूपमति चौधरी, कर्णाली माध्यमिक विद्यालय टीकापुरका प्रधानाध्यापक धर्मराज शर्मा, नगर शिक्षा समितिका सदस्य जोगी रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक रघुनाथ उपाध्यायले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक हरिकृष्ण चौधरीले गरेका थिए ।




