सिमलको अवैध काठ बरामद
टीकापुर, पौष १६
कैलालीको सुदूरपूर्वी टीकापुरबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । टीकापुर नगरपालिका वडा नं. ५ सिम्रेनीस्थित भित्रि सडकखण्डबाट प्रहरीले अवैध काठ अवैध काठ बरामद गरेको हो ।
नम्बर प्लेट स्पष्ट नदेखिने सोनालिका डी एल ७४५ थ्री कम्पनीको ट्याक्टरको ट्रालीमा लोड गरी राखेको सिमल काठको गोलिया १३ थान (८७.५४ क्यूफिट) र भिल्लरको काठ गोलिया ४ थान (१७.९४ क्यू फिट) गरी जम्मा ३१ हजार ६ शय ४४ रुपैयाँ बराबरको काठ बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त ट्राली, काठ आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय टीकापुरमा बुझाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १६, २०८२ १२:५५
प्रतिक्रिया दिनुहोस्



