Hamro Patra
रुखबाट लडेर गोदावरीमा एकको मृत्यु

टीकापुर, पौष १८
एक सामुदायिक वनमा रुखको हाँगा काट्न गएका एक पुरुषको रुखबाट लडेर कैलालीको गोदावरीमा ज्यान गएको छ । 

जिल्लाको गोदावरी नगरपालिका वडा नं. १ बनखेतीका ६० वर्षीय प्रेमबहादुर थापाको रुखबाट लडेर ज्यान गएको हो । 

थापा स्थानीय भगवती सामुदायिक वनमा रुखको हाँगा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । थापालाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update