टीकापुर, पौष १८
कैलालीका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं. ८ धनगढी गाउँका २० वर्षीय उमेश राना र वडा नं. १५ का २२ वर्षीय राधेश्याम चौधरी छन् ।
दुबै जनालाई ८ शय १० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यता, लम्कीचुहा नगरपालिका वडा नं. २ मोतिपुर बजारबाट लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानीका २३ वर्षीय सुदिप खडका पक्राउ परेका छन् ।
खड्काको साथबाट १ शय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।




