Hamro Patra
कोपरेटिभ्स म्यानेजर क्लब टीकापुरको अध्यक्षमा थापा

टीकापुर, पौष १८
कोपरेटिभ्स म्यानेजर क्लब (सिएमसी) टीकापुरको अध्यक्षमा टीकापुर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दीपकबहादुर थापा चयन भएका छन् । 

क्लबको टीकापुरमा सम्पन्न साधारण सभाले अध्यक्षमा थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो । 

सात सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कुशराज भट्टराई, सचिवमा निलेशकुमार वि.क., कोषाध्यक्षमा बिक्रम कडायत सर्वसम्मत चयन भएका छन् । क्लबको सदस्यमा सोनियाँ साउँद, धनबहादुर बुढामगर र देवीराम भण्डारी चयन भएका छन् ।

पालिकामा रहेका सहकारी संस्थाका व्यवस्थापकहरुको संस्था सिएमसीले संस्थागत विकास, क्षमता अभिवृद्धि र नियामक निकायसँग सहजीकरणका कामहरु गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update