Hamro Patra
टीकापुर जेसीज वर्ष २०२६ को पदस्थापनः गेज रिडर गुरुङ्ग सम्मानित

टीकापुर, पौष २७
टीकापुर जेसीज वर्ष २०२६ का लागि चयन भएको नयाँ नेतृत्वको आज कार्यक्रमका बिच पदस्थापन गरिएको छ । टीकापुर जेसीज वर्ष २०२५ का अध्यक्ष भरत भण्डारीले नवनिर्वाचित अध्यक्ष कमल सुवेदीलाई पद हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष सुवेदीले आज नै कानुनी सल्लाहकारमा रुपकबहादुर विष्ट, महासचिवमा टेकेन्द्र विष्ट मानस, कोषाध्यक्षमा लिखराम चौधरी तथा अध्यक्ष सल्लाहकार सुनिल चौधरी, सचिवमा सुमित रावल, जनसम्पर्क अधिकारीमा सुशील भट्टराईलाई चयन गरेका छन् ।

कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै टीकापुर नगरपालिका प्रमुख प्रशासकीय अधिृकत सुमन धितालले युवाहरुको व्यक्तित्व र नेतृत्व विकासबाट समाज रुपान्तरण गर्न जेसीजका युवाहरुलाई आग्रह गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत धितालले समाजमा रहेका विकृति विसंगतिलाई चिर्दै समाज रुपान्तरण गर्न नयाँ नेतृत्व सफल हुनेमा विश्वास व्यक्त गरेका थिए ।

गेज रिडर गुरुङ्ग सम्मानित 

कार्यक्रमका अवसरमा टीकापुर जेसीजले बाढी सूचना प्रवाहमा योगदान पुर्याउँदै आएकी गेजरिडर पार्वती गुरुङ्गलाई सम्मान गरेको छ । जल तथा मौसम विज्ञान विभाग जलमापन केन्द्र चिसापानीमा लामो समयदेखि कार्यरत गुरुंगलाई प्रमाणपत्र, दोसल्ला र नगद सहित सम्मान गरेको हो । 

वर्ष २०२५ का अध्यक्ष भण्डारीले जेसिजमा योगदान पुर्याउने टीकापुर जेसीजका मानार्थ सदस्य पृथ्वीराज ढुंगाना,  नेपाल जेसिजका राष्टिय उपाध्यक्ष रुपकबहादुर विष्टलाई सम्मान गरेका हुन् ।

cdb4c5af-7375-4582-9735-f18fd7898b14-1768137965.jpg
 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update