Hamro Patra
ट्याटु सञ्चालक लागुऔषधसहित पक्राउ

टीकापुर, पौष ३०
कैलालीबाट ट्याटु सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. २ बर्दगोरिया धामस्थित माघी मेलामा ट्याटु स्टुडियो पसल सञ्चालन गरी बसेका बर्दगोरिया गाउँपालिका वडा नं. ४ निमुवाबोझीका २८ वर्षीय मिनबहादुर बोहरा र सोही ठाउँका २४ वर्षीय तेजबहादुर बिष्ट लागुऔषधसहित पक्राउ परेका हुन् ।

उक्त ट्याटु स्टुडियो पसलमा चेकजाँच गर्दा पसलबाट ६ शय मिलिग्राम लागुऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update