टीकापुर, माघ ५
टीकापुर नगरपालिकाका प्रमुख (मेयर) रामलाल डङ्गौरा थारूले पदबाट राजीनामा दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र १ बाट प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार बन्न थारूले राजीनामा दिएका हुन् ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित थारुले राजिनामा दिएर उम्मेदवार बन्न लागेका हुन् ।
संविधानको धारा २१६ को उपधारा ८ अनुसार प्रमुखले उपप्रमुख समक्ष र उपप्रमुखले प्रमुख समक्ष लिखित राजीनामा दिएमा पद रिक्त भएको व्यवस्था रहेको छ ।
टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह समेतलाई टीकापुर नगर विकास समितिको जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि दुई वर्ष अघिदेखि उपप्रमुख पद तामेलीमा छ ।




