Hamro Patra
रेशम चौधरीको उम्मेदवारी खारेज (पूर्णपाठ सहित)

टीकापुर, माघ ८

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।

कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयन खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। 

उनको उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवार सत्य नारायण भट्टराईले उजुरी दिएका थिए।

स्वतन्त्र उम्मेदवार भट्टराईले जन्मकैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएमा त्यस्तो सजाय पाउने व्यक्तिले निर्वाचनको उम्मेदवार हुन नपाउने व्यवस्था रहेको भन्दै उजुरी दिएका थिए।

टीकापुर घटनामा सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो। चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए। 

Screenshot_2026-01-22-18-43-55-372_cn.wps.xiaomi.abroad.lite-edit-1769086852.jpg
Screenshot_2026-01-22-18-44-22-825_cn.wps.xiaomi.abroad.lite-edit-1769086852.jpg
 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update