टीकापुर, माघ ११
सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यको निर्वाचनमा २२० मत खसेको छ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरे। जम्मा मतदाता सख्या २ सय २४ रहेकोमा ४ मत खसेन।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेशसभा सदस्य खेमा बिष्ट, धनपाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिका उपाध्यक्ष रेखा कठरिया मतदान गर्न आएनन्।
महिलातर्फ एक र अन्यमा एक गरी दुई जना सदस्यका लागि भइरहेको निर्वाचनमा ४ जना उम्मेदवार छन्।
नेपाली कांग्रेस र एमालेको गठबन्धनमा महिलातर्फ एमालेकी लिलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट राेजी बस्नेत उम्मेदवार छन्।
अन्यमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपाका टिकाराम जैशी उम्मेदवारी छन्।




