टीकापुर, माघ १५
कैलालीका विभिन्न ठाउँबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।
बर्दगोरिया गाउँपालिका वडा नं. २ कुम्भीयाबाट सोही गाउँका २३ वर्षीय शिशिर बम ७ शय १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । बमलाई लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय सडकपुर, बौनियाँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नं. १३ मोहनपुरस्थित सोही ठाउँका २० वर्षीय अजय राना ७ शय ५० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् । रानालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
धनगढी उपमहानगरपालिका वडा नं. २ त्रिनगर ब्यारेलबाट गोदावरी नगरपालिका वडा नं. ४ का २५ वर्षीय लोकेन्द्र बोगटी १ ग्राम ४ शय मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
बोगटीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।




