टीकापुरबाट भन्सार छलीका सामान बरामद
टीकापुर, माघ १५
कैलालीको सुदूरपूर्वी टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ । टीकापुर नगरपालिका वडा नं. ९ बाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामानहरु बरामद गरिएको हो ।
प्रहरीले अन्दाजी ४० हजार १ शय रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
भन्सार छलीको फलामको कराई, स्टिल परात, कचौरा लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बुधवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२ १२:५७
प्रतिक्रिया दिनुहोस्




