बालेन्द्रको चुनावी अभियानमा घाइते भएका पत्रकार सिटौलाको निधन
काठमाडौं, माघ १८
बालेन्द्र साहको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको आज १२ः४५ मा निधन भएको अस्पतालले जनाएको छ ।
चुनावी अभियानका लागि बालेन्द्रसँगै काठमाडौंबाट सुदूरपश्चिम पुगेका ४४ वर्षीय सिटौला शुक्रबार बिहान अचानक बेहोस भएका थिए । त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टर र स्काई ट्रकमा काठमाडौं ल्याइएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०८२ १४:२१
प्रतिक्रिया दिनुहोस्




