Hamro Patra
ट्याक्टर दुर्घटनामा एकको मृत्यु

टीकापुर, माघ २०
आज विहान भएको सडक दुर्घटनामा परी कैलालीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको टीकापुर नगरपालिका वडा नं. ७ प्रतिपुरस्थित हुलाकी सडकखण्डमा मंगलबार टीकापुरबाट भजनीतर्फ जाँदै गरेको भे१त ४५५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सरिया लोड गरेको ट्याक्टरको ट्रलीमा बसेका भजनी नगरपालिका वडा नं. ७ चर्राका २५ वर्षीय कबिर कठरिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा राति चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही ठाउँका ३४ वर्षीय पंकज कठरिया घाइते भएका छन् । उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ ।

ट्याक्टर चालक २७ वर्षीय सहिराज अली फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update