Hamro Patra
खेतबारीमा ६५ वर्षीय वृद्ध मृत फेला

टीकापुर, माघ २१
कैलालीमा जानकी गाउँपालिकामा एकजना वृद्ध मृत फेला परेका छन् । जानकी गाउँपालिका–७ टिक्लीगढस्थित खेतबारीमा अन्दाजी ६५ वर्षीय पुरुष मृत फेला परेका हुन् । 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी प्रकाश डाँगीले मृतक टीकापुर नगरपालिका वडा नं. ९ का बासिन्दा रहेको बताउँदै आफन्तहरुले सनाखत गर्न भने बाँकी रहेको बताए । 

मृतक पुरुषको शव टीकापुर अस्पतालमा राखिएको छ । स्थानीयका अनुसार केही समयदेखि विभिन्न ठाउँमा हिँड्दै आएका वृद्ध खेतबारीमा मृत फेला परेका हुन् ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update