Hamro Patra
मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

टीकापुर, माघ २२
अत्तरिया–धनगढी छ लेन सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

गोदावरी नगरपालिका वडा नं. १ मनहरा क्षेत्रमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा ४५ वर्षीय गोपाल रानाको मृत्यु भएको हो ।

दुर्घटनामा सुप प्र ०१०११ प ८५८५ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नं. ५ का २३ वर्षीय नब्लु राना र मोटरसाइकलको पछाडि सवार कृष्णपुर नगरपालिका वडा नं. ६ का २३ वर्षीय मनुराज राना घाइते भएका छन् ।

उनीहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । सडक पार गर्ने क्रममा धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको मोटरसाइकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update