ट्रकको ठक्करबाट किशोरको मृत्यु: पूर्वपश्चिम राजमार्ग ठप्प
टीकापुर, माघ २४
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ८ मा ट्रकको ठक्करबाट १५ वर्षीय एक किशोरको ज्यान गएको छ ।
गएराति साढे ११ बजे पूर्वपश्चिम राजमार्गको गप्का सडक खण्डमा सु.प. प्र. ०१००१ ख २८५० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री १५ वर्षीय शिरिष भण्डारीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी योगेन्द्र तिमिल्सेनाले दिएको जानकारी अनुसार मलभङ्गाका भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतकका आफन्तले यतिबेला राजमार्गमा चालकलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध पारेका छन । पीडित पक्ष र ट्रक व्यवसायीबीच छलफल भइरहेको डिएसपी तिमिल्सेनाले बताए ।
सडक अवरुद्ध हुँदा सयौं गाडी सडकमा छन् भने यातायात अवरुद्ध भएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०८२ ११:३८
प्रतिक्रिया दिनुहोस्




