Hamro Patra
दश राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ

टीकापुर, माघ २९
नेपाल भारत सीमा क्षेत्रमा पर्ने गौरीफन्टा नाकामा पेस्तोलमा प्रयोग गरिने १० राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

गौरिफन्टा चेकपोस्टमा सीमा सुरक्षा बल एसएसबीले एक्स–रे ब्यागेज मेसिनमार्फत आवतजावत गर्ने यात्रुहरूको नियमित जाँच गर्ने क्रममा पेस्तोलको गोलीसहित भारतको हरियाणा घर भएका ३९ वर्षीय नरेश कुमारलाई पक्राउ गरेको हो । 

कुमारलाई नेपालबाट भारत जाने क्रममा पक्राउ गरिएको हो । बरामद गरिएका १० राउन्ड गोली ३२ बोर पेस्तोलमा प्रयोग हुने गरेको छ । पक्राउ परेका कुमारले आफूसँग लाइसेन्ससहित उक्त पेस्तोल भएको दाबी गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update