Hamro Patra
खैरो हेरोइनसहित तीन जना पक्राउ

टीकापुर, फागुन ११
कैलाली जिल्लाका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित तीनलाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले टीकापुर नगरपालिका वडा नं. ८ खक्रौलाबाट ९१० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नं. १ का २७ वर्षीय राम बहादुर रसाइली र १९ वर्षीय बिशाल बिश्वकर्मा रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले उनीहरूको साथबाट लागुऔषध बरामद गरेको हो । 

त्यस्तै लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानी बजारबाट ७० मिलिग्राम खैरो हेरोइनसहित २० वर्षीय सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको छ । 

सुर्खेतको बराहताल गाउँपालिका वडा नं. १ श्रीचौर स्थायी घर भएका सुनार हाल चिसापानीमै बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध फेला पारेको हो । पक्राउ परेका तीनैजना माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update