कैलाली पाँचमा रास्वपाको अग्रता
टीकापुर, फागुन २२
कैलालीको क्षेत्र नं. ५ मा राष्टिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाले १६२ मतसहित अग्रता लिएको हो । उनलाई नेपाली काँगे्रसले पछ्याई रहेको छ ।
काँग्रेसले ७३, नेकपा एमालेले ६४ र नेपाली कम्युनिष्ट पार्टीले ४७ मत प्राप्त गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आनन्दबहादुर चन्द, कांग्रेसले नरनारायण शाह(मनु), एमालेले यज्ञराज ढुंगाना, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) ले प्रेमबहादुर आलेलाई उम्मेदवार बनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ १०:५४
प्रतिक्रिया दिनुहोस्




