Hamro Patra
कैलाली दुईमा काँग्रेसलाई अग्रता

टीकापुर, फागुन २२
कैलालीको क्षेत्र नं.२ मा नेपाली काँगे्रसले अग्रता लिएको छ । प्रारम्भिक मत परिणाम अनुसार ३९१ मत गणना गर्दा नेपाली काँगे्रसले १४६ मतसहित अग्रता लिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले ७७, नेकपा एमालेले ६८ मत प्राप्त गर्दा रास्वपाले ५० मत प्राप्त गरेको छ । 

काँग्रेसबाट विजय स्वाँर, नेपाली कम्युनिष्ट पार्टीबाट राजेन्द्र साउँद, नेकपा एमालेबाट सूर्यबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट केपी खनाल चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update