टीकापुर, फागुन २२
कैलालीको क्षेत्र नं. १ मा समेत राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । हालसम्म २ हजार ९ शय ६० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ शय ६२ मतसहित अग्रता लिएको छ । शुरुवाती अग्रता लिएको नेपाली काँग्रेसले ७ शय १७ मत प्राप्त गरेको छ ।
रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालको समर्थन रहेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले ६ शय ४६ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले २०७ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १ शय ८९ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीले १ शय २२ मत प्राप्त गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट कोमल ज्ञवाली, कांग्रेसबाट जनकराज चौधरी, एमालेबाट द्धारिकाप्रसाद न्यौपाने र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट रामलाल डगौरा थारु, उज्यालो नेपाल पार्टीबाट प्रदिपकुमार चौधरी चुनावी मैदानमा छन् ।




