Hamro Patra
कैलाली १ मा रास्वपाकी ज्ञवाली विजयी

टीकापुर, फागुन २३
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ कोमल ज्ञवाली विजयी भएकी छन् । ज्ञवाली नेपाली काँग्रेसका उम्मेदवार जनकराज चौधरीलाई ४ हजार ९ शय ५९ मतले पराजित गर्दै विजयी भएकी हुन् ।

ज्ञवाली १७ हजार ८ शय ६२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी चौधरीले १२ हजार ८ शय ६७ मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार कैलाली–१ मा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले ८ हजार ३ शय ९२ मत पाएका छन् । उनी टीकापुर नगरपालिकाको नगर प्रमुखबाट राजीनामा दिएर चुनाव लडेका थिए । 

त्यस्तै चौथो भएका नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेको पक्षमा ४ हजार ४ शय ९३ मत आएको छ । न्यौपानेले जमानत समेत जोगाउन सकेनन् । २०७९ को निर्वाचन समेत नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले जमानत जोगाउन सकेको थिएनन् । 

प्रतिनिधि सभा निर्वाचन २०७९ मा कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ विजयी भएकी थिइन् । उन्मुक्ति पार्टी विभाजित हुँदा श्रेष्ठ नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएकी थिइन् ।

रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको समर्थन रहेका स्वतन्त्र उम्मेदवार फागुराम थारुले ३ हजार ३ शय ८८, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले २ हजार ९ शय ३७, उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदिप कुमार चौधरीले २ हजार ३ शय ५७ श्रम संस्कृति पार्टीका बिमलकुमार डगौराले ९ शय ८ मत प्राप्त गरे। 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update