Hamro Patra
सुदूरपश्चिममा कांग्रेसले खाता खोल्योः डोटीमा  खड्का विजयी

डोटी, फागुन २३

सुदूरपश्चिममा नेपाली काँग्रेसले विजयीको खाता खोलेको छ । नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर खड्का ७ शय ८७ मत अन्तरले विजयी भएका हुन् ।

खड्काले १४ हजार ८ शय ९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिपक बहादुर धामीले १४ हजार १ शय १० मत ल्याएका छन् ।

त्यसैगरी तेस्रो स्थानमा रास्वपाका नरेन्द्र बहादुर खड्का रहेका छन् । उनले १३ हजार २ शय ७० मत ल्याउँदा नेकपाका त्रिलोचन भट्टले ५ हजार ४ शय १३ मत ल्याएका छन् ।

निर्वाचन कार्यालयका अनुसार डोटीमा जम्मा ५२ हजार १ शय ४२ मत खसेको थियो । बदर मत संख्या २ हजार ९ शय ७४ रहेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update