Hamro Patra
बझाङमा एमाले उम्मेदवार महर विजयी

बझाङ, फागुन २३

बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर विजयी भएका छन् । महरले उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भन्दा २ हजार २ शय ३९ बढी मत ल्याएर जित हात पारेका हुन् ।

एमाले उम्मेदवार महरले १८ हजार ५ शय ४३ मत ल्याएका छन् भने उनका  प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३ शय ४ मत प्राप्त गरेका छन् । यसअघि २०७९ को निर्वाचनमा पनि एमाले तीन दलीय गठबन्धनका उम्मेदवार भानुभक्त जोशीभन्दा करिब १ हजार मतले पराजित भएका थिए । 

यता तेस्रो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मिन बहादुर कुँवरले ९ हजार ७ शय ५७, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेश सिंहले ९ हजार २ शय ६३, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) का उम्मेदवार भरत मल्लले ५ शय २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विश्वप्रकाश जेठाराले ४ शय ५ र नेपाल मजदुर किशान पार्टीका उम्मेदवार दलबहादुर बोहराले ४१ मत प्राप्त गरेका  छन् । 

बझाङमा ५७ हजार ९ शय ९४ मत खसेकोमा ५४ हजार ८ शय ३३ मत मात्रै सदर भए भने ३ हजार १ शय ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update