Hamro Patra
अछाम १ मा भीम रावललाई पराजित गर्दै काँग्रेसका स्वाँर विजयी

अछाम, फागुन २३
सुदूरपश्चिमको पहाडी जिल्ला अछाम क्षेत्र नम्बर १ नेपाली काँग्रेसका भरत कुमार स्वाँर विजयी भएका छन् । उनले १० हजार ७ शय ५८ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका भीमबहादुर रावलले १० हजार २ शय ३० मत ल्याएका छन् ।  पूर्व उपप्रधान तथा गृहमन्त्री रहेका रावल स्वाँरसँग पराजित भएका हुन् । 

नेकपा एमालेका दीपक साउँदले ७ हजार ३ शय ८६ र रास्वपाका ओमप्रकाश रावलले १ हजार ७ शय ४५ मत प्राप्त गरेका छन् । 

स्वाँरको जितसँगै अछाम क्षेत्र नं. १ मा २६ वर्षपछि काँग्रेसले प्रतिनिधि निर्वाचित गरेको हो ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update