श्रीमानले गरे श्रीमतीको हत्या
टीकापुर, फागुन २४
कैलालीको धनगढीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को देवहरियामा शनिबार राति ३० वर्षीय सरस्वती अवस्थी जोशीको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जोशीको राति घरमै श्रीमान् डम्मराज जोशीले हत्या गरेको खुलेको बताए । उनका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा जोशी घरमै मृत भेटिएकी थिइन् ।
प्रहरीका अनुसार पूर्वशिक्षक समेत रहेका जोशी घटनापछि फरार भएका छन् । राति बुवाले आमाको हत्या गरेपछि छोराले छिमेकीलाई खबर गरेका थिए । त्यसपछि करिब १ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो ।
सरस्वतीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२ ०८:४५
प्रतिक्रिया दिनुहोस्




