Hamro Patra
प्रहरी कार्यालय हाताभित्र प्रहरी जवान मृत फेला

टीकापुर, फागुन २६

इलाका प्रहरी कार्यालय टीकापुरको हाताभित्र गएराति एकजना प्रहरी जवान मृत भेटिएका छन।

सोही कार्यालयमा कार्यरत प्रहरी जवान ३० वर्षका सन्देश बहादुर चनारा मृत भेटिएका हुन। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मृतक प्रहरी जवान कार्यालयको छातबाट खसेको भनिएको छ।

राति ११ बजे मृतक प्रहरी जवानलाई अर्को सुरक्षाकर्मीले लडेको अवस्थामा भेटेका थिए । उनलाई अस्पताल पुर्याए पछि चिकित्सकले मृत घोषित गरेका थिए। 

प्रहरी जवान मृत्युको बारेमा छानबिन गर्न प्रहरी नायब उपरिक्षक तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति बनाइएको छ।

संयोजक तिमिल्सिनाले घटनाको बारेमा अनुसन्धान भैरहेको  जानकारी दिएका छन। 

बझाङ्ग घर भएका मृतक प्रहरी जवान बिगत ६ महिना देखि कार्यरत थिए। आफन्तले उनको मृत्यु शंकास्पद भनेका छन।

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update