ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
टीकापुर, फागुन २८
कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. २ बाट लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी, पलियाका ३७ वर्षीय मनुवर अली र ३९ वर्षीय महम्मद असरफ अली रहेका छन् ।उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट करिब ३ ग्राम ब्राउन सुगर फेला पारेको थियो ।
उक्त पदार्थ बरामद भएपछि आवश्यक प्रक्रिया पूरा गरी दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२ ११:२८
प्रतिक्रिया दिनुहोस्




